नियम २५
मेलमिलापको कागज पेश गर्ने
(१) नियम २३ बमोजिम मेलमिलापको कार्यविधि अवलम्बन गर्दा पक्षहरु मेलमिलापद्वारा मुद्दा समाधान गर्न सहमति भएमा मेलमिलापकर्ताले अनुसूची–९ बमोजिमको ढाँचामा मेलमिलापको लिखत खडा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम लिखत खडा गरिसकेपछि मेलमिलापकर्ताले सो लिखतमा पक्षहरुको सहीछाप गर्न लगाई त्यस्तो लिखतमा आफ्नो समेत सही गरी सो लिखत सहित पक्षहरुलाई मुद्दा हेर्ने निकाय समक्ष पेश गराउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम मिलापत्र गर्नको लागि निवेदन प्राप्त भएमा मुद्दा हेर्ने निकायले प्राप्त मेलमिलापको कागजको आधारमा मिलापत्रको कागज तयार गर्न लगाई पक्षहरु बीच मिलापत्र गराई दिनु पर्नेछ ।